Pages

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

 लाचारी...

-त्रिविक्रम पाण्डे
दोलखा, कालिञ्चोक हालः सूर्यविनायक भक्तपुर 


थाहा छैन मेरो पाइला किन ती आमाको झोली देखेर रोकिए ।
त्यहीँ नै त उनको बच्चा भोकले छटपटाइ रहेको थियो ।

बच्चाको भोकको अनुभूति गरेर आमाको आँसुले पनि रगताम्य रुप धारण गरिरहेका थियो ।


उनको आधी खुला छाती स्तनमा दुध सुकिसकेको थियो ।
केही यौन पिपासुहरु भने आमाको शरीरलाई घुरेर हेरिरहेका थिए ।उनीहरु यी दुखित आमामा कुनै तरुनी स्त्री खोजिरहेका थिए ।

ती पापीहरुका आँखाले लाग्थ्यो- खुलेआम जस्तो कि यौन अपिल गरिरहेका थिए, ती लाचार निरीह बिचरीलाई....

विवश आमा भोकको अन्योल सागरमा डुबिरहेको त्यो बच्चाका लागि जे पनि सहन तयार थिइन् ।

समाजको यस प्रकारको विडम्बनापूर्ण करुण अवस्था देखेर स्वयंमाथि मलाई तीव्र घृणा एवम् तिरस्कार उब्जिरहेको थियो, किनकि म पनि यही समाजको एक सदस्य पात्र न हुँ ।


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment