"म त आज नगइ छोड्दिन, आफ्ना जिज्ञासा त पूरा गर्नैपर्यो नि !” समीप एक्लै बोल्यो ।
“गुरु ध्यानमा बस्नुभएछ, म पनि ध्यानमा बस्छु ।”
समीप गुरु नजिक ध्यानमा बस्छ ।
एकछिन पछि गुरुले आँखा उघार्दै, चेला आएर ध्यानमग्न भएको देखि खुशी हुँदै गर्दा आँखा खोली, “प्रणाम गुरुदेव” भन्दै पाउमा परी आफ्ना समस्या खोल्यो ।
गुरु भन्छन्, “अन्य कुरालाई आफ्ना मन मुटुबाट तुरून्त हटाऊ आफूमा अब यस्ता विषयलाई अगाडि ल्याउँदै ल्याउन्न भनेर दृढ़सङ्कल्प गर्ने ।”
“खै गुरुदेव मैले त सकिन” समीप आफूले हारेझैँ गुरुसमक्ष झुक्छ ।
गुरु अझ त्यसलाई स्पष्ट पार्दै भन्नु हुन्छ, “आफूलाई मन परेको किताब पढ्ने, घुम्न जाने, रमाइला सङ्गीतहरू सुन्ने जुन कुराले मनमा चोट पुग्छ, नचाहिने कुराले डेरा जमाउँछ त्यसलाई यस्ता कर्मरूपी हतियारले आलुको बोक्रा ताछेर फालेझैँ फाल्नु पर्छ ।”
सुकेधारा काठमाडौँ, हालः स्लाऊ युके
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment