उसले माया गरेकी थिई — सायद साँच्चै माया ।
हप्तौं कुराकानी, घण्टौ घण्टाको बातचित, महिनौंको हाँसो, दिनभरी बसाई अनि वर्षौंको साथपछि, एकदिन उसले भनिन्—
“म तिमीलाई साथीभन्दा बढी केही देख्दिन ।’’
ऊ मुस्कायो ।
"त्यही त, म तिमीलाई साथीभन्दा कम कहिल्यै देख्न सकिन ।’’ भन्यो ।
त्यो दिनदेखि ऊ हरायो — फोन, म्यासेज, सबैतिरबाट ।
उसले सोची – रिसायो होला ।
केही दिनमा ठिक हुन्छ । उ धैर्य गरेर पर्खि ।
दुई महिना पछि फेसबुकमा उसको फोटो आयो—
'विवाह ।'
कुनै अर्को हात समाउँदै । रमाउँदै ।
उसले त्यो फोटो हेरिरह्यो । नअघाउञ्जेलसम्म र उसका आँखाबाट त्यसदिन रातभर आँसु आएन ।
उसको मुटु रोयो । मन काम्यो ।
तर उसका आँखाले सबै स्वीकार गरेजस्तो देखायो ।
भोलिपल्ट ऊ फूलको बगैचामा गयो । त्यो बगैंचामा सधैझैँ एउटी केटी आयी, जसले उसलाई मन पराउँथी ।
उसले पहिलो पटक त्यो दिन उसको आँखामा हेरेर मुस्कायो, र सोध्यो—
“तिमीलाई फूल मनपर्छ ?’’
केटीले टाउको हल्लाई ।
ऊ मुस्कायो—
“म पनि नदेखिएको फूल हुँ,
कसैले रोजेन ।
"तर सुगन्ध अझै बाँकी छ ।"
काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment