'म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ – उनीले भनिन् ।
मैले भनेँ, – 'शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।'
उनी सोफामा बसेर, झ्यालको हावा खाँदै विद्युतीय प्रकाशमा लघुकथा पढ्न थालिन् ।
– 'स्वाद भेटियो ?'
– 'अहँ ।'
मैले शयन कक्षमा पढ्न सुझाएँ ।
– उनी सयन कक्षमा पसिन् ।
पर्दा लगाउन अह्राएँ ।
– उनीले पर्दा लगाइन् ।
मैले बिजुली अफ गर्न भनेँ ।
– उनीले त्यो पनि अफ गरिन् ।
पलङमा पल्टन भनेँ ।
– उनी निसङ्कोच उत्तानो पल्टिन् ।
सिरानी प्रयोग गर्न लगाएँ ।
– उनीले सिरानीमा मुन्टो राखिन् ।
मैले 'सिरानी कम्मरमुनी राख ।' – भनेँ ।
– उनीले त्यसै गरिन् ।
'स्रष्टालाई डाक ।' – अह्राएँ ।
– उनीले आँखाको इशाराले मलाई डाकिन् ।
उनीको समीप पुगेर भनेँ – 'अब पढ ।'
– उनीले व्रम्हलीन भएर पढिन् ।
पढाई सकिसकेपछि सोधेँ – 'कस्तो रहेछ विलोम लघुकथा ?'
उनीले जिब्रो पड्काउँदै भनिन् – 'आहा !'
कुरिलो घर, काठमाडौं
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment