भाउ
- कपिलमणि ज्ञवाली
"हैन हो बूढी ! आज त विशेष पकाएकी हौली नि ?"
“केही कुरा पनि किनिसक्नु छैन, दिन दुगुना, रात चौगुना मूल्य बढेको बढ्यै छ, स्कूस र लौका पनि दुई सय रुप्पे किलो रे ! भन्नुस् त के किनेर पकाऊँ ?’’
खान बस्यो कि सधैं बूढीको कचकच ।
“बजार गएर किन्ने गरे पो थाहा हुन्छ ? कहिल्यै केही किन्ने होइन, खाने बेला कचकच मात्रै ।”
खानेबेला मुख बिगार्ने बानीबाट बूढी दिक्क भएर एक दिन मलाई पनि सँगै तरकारी किन्न लगिन् । हामी कलंकी गयौं । बूढी तरकारी हेर्दै र मोलमोलाई गर्दै थिइन्, म रमिते भएर टोलाइरहेको थिएँ ।
यत्तिकैमा साइरन बजाउँदै र स्कर्टिंग गर्दै चिल्ला कारहरू हुइँकिएर हाम्रा अगाडि आए र टक्क रोकिए । एउटा कारबाट लवेदासुरुवालमा सजिएका एकजना भद्र पुरुष बाहिर निस्किए ।
“देसका किर्नाहरू ! धूलो, धुवाँ र ध्वनिको प्रदूषण फैलाउँदै कुदिरहेका छन् ।’’
मैले ओहोरदोहोर गरिरहेका मानिसहरूको अनुहारमा एककिसिमको वितृष्णाको भाव देखेँ । पहिले पहिले त्यस्तो सम्मानित पदको भाउ एक्कासी घटेको देखेर म चिन्तित भएँ । ‘जति नै असन्तुष्टी भए पनि राज्यका निमित्त राजनीति र राजनीतिका निमित्त नेता नभइहुँदैन, गाली र आलोचना मात्र गरेर के गर्नू र खै ? ।’
“मन्त्रीको के !? साइरन बजाउँदै आए, गाली पाउँदै गए ।“
“आ ... तपाईं पनि ... !’’ बूढी ङिच्च दाँत देखाएर फिस्स हाँसिन् अनि पुनः तरकारी किन्न व्यस्त भइन् ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment