Pages

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

दृष्टिकोण

- कल्पना भण्डारी
सिन्धुपाल्चोक हालः काठमाडौँ  


'अँध्यारो अनुहार छ त, सन्चो छैन बहिनी ?’ मैले सँगै सीटमा बसेकीलाई सोधेँ । 

‘काम गर्दै पढ्न भनेर काठमाडौँ आएको काम पनि पाइएन घर फर्किनु पनि कसरी ?’ हीराले दुःख पोखी ।

‘बहिनी, पीर नगर्नुहोस्, मैले यो संसारमा दुःखी र अपाङ्गहरुका व्यथा बुझेको छु । कतिपयले ऊ जुनीको पाप भनेर जिस्काउँछन्, र अझ कतिले त दृष्टि नै बेग्लै राख्न पनि  खोज्छन् ।’  मैले उनलाई सम्झाएँ । 

‘हो नि दिदी, एकपटक मलाई पदम नामका सरले एउटा कार्यक्रममा जाँदा जागिर लगाइ दिन्छु भनेर बोलाउनुभयो । म हर्षित हुँदै कार्यालय पुगेर फोन गरेँ । उहाँले  क्वार्टरमै डाक्नुभयो ।’ उसले पुरानो प्रसङ्ग निकालेर भनी ।

‘अनि के भयो ?’ मैले जिज्ञासापूर्वक सोधें ।

‘एक घण्टासम्म उहाँले नानाभाँती कुरा गरेर अन्तमा क्वार्टर पनि आइरहनु पर्छ भन्नु भो ।’ ‘अनि पाएको जागिर खान पर्दैन त ?’

‘त्यसो होइन दिदी । म शारीरिक रूपले कमजोर भए पनि मानसिक रूपले त सबल छु नि त ।’ 


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment