असल कर्म नै धर्म हो
- निर्मलरमण पराजुली
सामाखुशी, काठमाडौँ
एउटा गाडी पशुपतिनाथको मन्दिर अगाडि रोकियो । दुईजना करिब ७० वर्षका जस्ता देखिने वृद्धवृद्धा गाडीबाट ओर्लिएर अगाडि बढे । बाटोको दायाँबायाँ लामबद्ध लागेर बसेका असहाय बालबालिका, वृद्ध वृद्धाहरूको अनुहारमा खुसी छल्किएको प्रष्टै आभाष हुन्थ्यो । मानौं धेरै समयदेखि प्रतीक्षा गरेको वस्तु प्राप्त हुँदैछ । गाडीबाट ओर्लिएका ती वृद्धवृद्धा व्यक्तिहरू एक एक गर्दै पैसा बाँड्दै अगाडि बढ्दै थिए ।
अचानक पशुपतिनाथ मुसुक्क मुस्कुराए र भने— भक्त ! तिम्रो एउटा छोरो अस्पतालमा उपचार गर्न नसकेर अस्पताल बाहिर फालिएको छ । तिमी यहाँ पैसा बाँड्दै छौँ । तिम्रो यो धर्म हो या कर्म मैले बुझ्न सकिन । आफूले सृष्टि गरेको वस्तुको पालन पोषण, उचित स्याहार सम्हार गर्न सक्दैनौ भने किन सृष्टि गर्यौ ? नौ महिनासम्म म बाबु बन्न लागें भनेर त्यही छोराको नाउँ बेच्दै खुसी साट्दै हिँड्यौ ।
आज जेठो छोरालाई सम्पूर्ण सम्पत्ति सुम्पिएर कान्छो छोराको अन्त्य पर्खिरहेछौ ? आखिर किन ? यो कस्तो धर्म हो तिम्रो ? तिम्रो छातीको दायाँ भागमा जेठो छोरो धड्किरहँदा बायाँ छातीमा किन कान्छो छोरो धड्किन सकेन ? आमा ! तिम्रो छातीको एउटा स्तन जेठो छोरोलाई चुसाइरहँदा अर्को स्तनले कान्छो छोरो किन खोजेन जवाफ देऊ जननी ? एउटै गर्भबाट सृष्टि गरिएका सन्तानको ममतामा फरकपन किन ? भक्त नबिर्स, एक हातका पाँच औंला बराबर हुँदैनन् तर कुनै औंलाको महत्व कम हुँदैन ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment