Pages

Wednesday, December 4, 2024

लघुकथा (अङ्क १८ मा प्रकाशित)

अपुग महसुस

- प्रार्थना खनाल जोशी
सुकेधारा, काठमाडौँ   



सुनमा सुगन्ध हुन्थ्यो नि !

आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल  उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नाति-नातिनालगायत छोरा बुहारीहरू र छोरी ज्वाईं प्रस्तुत भए । 

अरू दिन आफ्नै कर्ममा व्यस्त भएपनि आज सपरिवारमा एकै ठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसुर बाँकी राखेनन् । 

“बुवा !  हजुरलाई हामी सबै जम्मा भएर कुशेऔंसी मनाएकोमा केही त खड्केको छैन नि ?”  कान्छो छोरोले सोध्यो -  बुवाको जवाफ थियो, ”जेठा छोराको परिवार भएका भए झन् सुनमा सुगन्ध हुन्थ्यो ।”


....साथ सहयोगको खाँचो

No comments:

Post a Comment