Pages

Tuesday, July 8, 2025

लघुकथा (अङ्क २५ मा प्रकाशित)


"अब नेपालीमा बोल त फेरि ? अङ्ग्रेजी मात्रै बोल भनेर कतिपल्ट भनिसकें ? नेपालीमा बोलिस् कि पिटाइ खाइस् ।’’ बुथुरी जैसीले छोरीलाई डर देखाउन हात उज्याई ।

ऊ छोरीलाई पढाउँदै थिई । उसले पतितर्फ हेरेर भनी,  "हेरिस्यो न कालु । अहिलेको स्कुलमा पनि नेपाली पढाउँदो रहेछ । यसरी त हुँदै भएन । छोरीलाई अर्को स्कुलमा सारौं न के !’’

अब उसले छोरीलाई जोडतोडले राजसी भाषामा बोल्न सिकाइरहेकी थिई । यस्तो भाषामा बोले मात्रै मानिस संस्कारित मानिन्छ भन्ने उसमा अटल विश्वास थियोे । तँ, तिमी, तपाईं जस्ता शव्द प्रयोग गर्ने वरिपरिका मान्छेहरूलाई ऊ पाखे भन्थी । उनीहरूले शहरिया संस्कारको बर्को ओढ्न थाले पनि गाउँले मजेत्रोलाई पूर्णरूपले त्याग्न सकेका थिएनन् । उनीहरू गाउँले परिवेश र शहरिया संस्कारको दोसाँधमा उभिएका थिए ।

एकैछिनमा साइकलमा तरकारी बेच्दै आएको व्यापारीलाई आफू बस्ने छेउको गल्लीमा रोकेर हप्काउँदै सोधी, “ए भैया, आलु प्याज कति रुपैयाँ किलो दिन्छस् ?’’

तरकारी किनेर फर्केपछि घरको कम्पाउण्डभित्र कुकुरको स्याहार गरिरहेका घरबेटीतिर हेर्दै उसले संस्कारजन्य भाषामा सोधी, “आज पनि यो ह्यान्सी डगले बिस्कुट, मिट खाइसेनछ दाइ ?’’

-बागमती ११, कर्मैया, सर्लाही

.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment