कवीर, : जिन्दगी शून्य जस्तो थियो, तर त्यो शून्य हिजोको होइन—अहिलेसम्म जोडिँदै आएको, मौनताले भरिएको, पीरले घनिभूत भएको शून्यता थियो ।
ऊ आफूलाई सम्झिन्थ्यो, कलेजको त्यो अन्तिम साँझ—जब उसले कविता सुनाउँदै गर्दा रेवतीले टोलाएर हेरेकी थिई । आँखाभित्र साँचिएको माया देखेर कवीर, अधैर्य भएर बोल्न चाहन्थ्यो, तर जीवन भने त्यसरी बगेन ।
रेवती बिहेको निम्तो दिन आएकी थिई ।
“म जान्दथेँ तिमीले केही भन्नु थियो, तर ढिलो भयो कवीर’’
त्यसपछि केही शब्द सुनेन उसले—सुनिएन रेवतीका स्वरहरू, न देखिए उनको आँखाभित्रका पीडाहरू ।
कवीरभित्र त्यही दिनदेखि एउटा जमेको मौनता पलायो—जसको स्वर कवितामा पोखिन थाल्यो ।
ऊ कविता पढ्थ्यो, बधाई पाइरहन्थ्यो, पुरस्कार जित्थ्यो—तर हाँस्न सक्दैनथ्यो । कहिलेकाहीँ साथीहरू भन्थे— “तेरो जिन्दगी त सेट छ यार, सबैले पढ्छन् तेरो रचना !’’
ऊ हाँस्थ्यो—तर त्यो हाँसो एरिना भित्रको हाँसो थिएन, त्यो खाली अभिनय थियो—जसले आफूलाई पनि अब विश्वास दिलाउन सक्दैनथ्यो ।
एक साँझ बगैंचाको कुनापट्टि कवीर बसिरहेको थियो । भीड थियो, हाँसो थियो, बालबालिकाको कराहट थियो । तर ऊ मौन, निद्रामा जस्तो एक्लै नितान्त एक्लै टोलाई रहेको थियो ।
अनिशाले फेरि बोली— “तिमी अझै पनि उही भिडमा एक्लै हिँडिरहेका छौ जस्तो लाग्छ…’’ मलाई त !
सायद त्यो भिड पनि अझै उही थियो, तर कोही उसको छेउमा बसेको छ —जो भिडभन्दा फरक, तर मनसँग नजिक, धेरै नजिक अनि सामिप्यता हो गहिरो सामिप्यता !
– मण्डिखाटार, काठमाडौँ
No comments:
Post a Comment