उ हाँस्न, बोल्न खोज्दैन– “यो छोरालाई ठूलै रोगले गाँजे जस्तो छ ।’’ श्रीमतीले कान्छा छोराको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरिन् । “हैन, तैंले कसरी अनुमान गरिस्?’’ श्रीमानले प्रश्न गरे । “देख्नु भएन ! एउटै भाँडाको भात खाका छन् यिनीहरूले । अझ जेठो मेलापात गर्छ । कान्छो कामको नाममा सिन्को भाँच्न खोज्दैन । खाली किताब मात्रै लिएर बस्छ । कान्छो पिटिक्क भाँचिन लागेको पिलन्धरे छ । जेठो हट्टकट्टा, हँसिलो, रसिलो छ ।’’
“अँ तैंले ठिक भनिस् । आज म यिनीहरूको परिक्षण गर्छु ।’’ बेलुका खाना खाइसकेपछि छोराहरू सुत्न गए । श्रीमान्ले दुई डल्ला नौनी निकालेर दुबै छोराहरूको छातीमा एक एक वटा राखिदिए । बिहान छोराहरू नउठ्दै गएर हेर्दा जेठाको घिउ पग्लेछ । कान्छाको झन् साह्रो भएर बसेछ । तब श्रीमानले निर्क्यौल निकाले– “बुढी ! रोग पत्ता लाग्यो ।“ “के भा रैछ ?’’ “चिन्ता !’’
- रातोपुल, काठमाडौँ
No comments:
Post a Comment