Pages

Sunday, September 14, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


"बहिनीलाई राम्ररी हेर्नू नि, उसलाई छोडेर अन्त कतै खेल्न नजानू ।" पाँच वर्षकी जेठी छोरी उजेलीलाई अह्राउँदै बाटुली ठूलाघरे कान्छाबाको आरू खोला रोपाईं तर्फ लागिन् ।

मेलामा गाउँका डल्ली, फुर्सी, डुकी, बसन्ती र झुम्कीसँगै थिए । आरु खोलाको आज ठूलो रोपाईं भएकोले सहनाईं बाजाको तालमा रोपाहारहरू धान रोप्दै थिए । उता सेते, काले, किस्ने, मादे आदि ठट्टा गर्दै हली, बाउसे र ठींगेको काम गर्दै थिए । कान्छाबा चाहिँ खेतको आलीमा छाता ओढेर रोपाहारहरूको निगरानी गर्दै थिए । 

उता सुन्तलीको छाती बेलाबेला चरक्क भइरहेको थियो । उसको मन घरमा पाँच महिनाकी छोरीमा पुगिरहेको थियो ।

छाती गानिएर चोली भिजिसकेको थियो । 

झमक्क साँझ परेपछि घरभित्र पस्दा उसकी सानी छोरी धुलाम्मे अवस्थामा अगेनाको डिलमा निदाइरहेकी थिई । उतिखेरै जुनेली बाहिरबाट भित्र पस्नासाथ सुन्तलीले एक झापड लगाउँदै भनी, “बहिनीलाई एक्लै छोडेर कहाँ गएकी थिइस् ?’’ डराउँदै हातको बटुको देखाउँदै उसले भनी, “बहिनीको लागि पल्ला घरमा यो दालभात लिन गएकी थिएँ ।’’

अर्घाखाँची, हाल ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment