"जा, गइहाल । तँ यो रित्तो घरमा किन अझै बसेको छस् ?” सुन्तलीले मकैको खोयाले हान्दै घरभित्रको मुसालाई लखेट्न खोजिन् ।
मुसो अटेरी भएर बस्यो । ऊ डेग चलेन । सुन्तलीको रिसको पारो चढ्यो । उनले रिसाउँदै भनिन्, ”आफू त भोकभोकै बस्नुपरेको कति दिन भइसक्यो । तँ चाहिँ के खान बसेको छस् यो घरमा ?”
सुन्तलीको वेदना मिश्रित रिसलाई नियालिरहेको मुसाले प्रतिप्रश्न गर्दै भन्यो, ”जीर्ण भएको घर र छोराछोरीले पनि नहेरेर बुढेसकालमा एक्लो भएको मानिसलाई छोडेर जान मेरो धर्मले दिँदैन त, म के गरूँ ?”
बूढानीलकण्ठ, काठमाडौँ
--------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment