प्रदीपको परिवार सुखी परिवारको नामले चिनिन्थ्यो गाउँमा । बुढी आमा, प्रदीपका बुढाबुढी, एक छोरा र एक छोरी ५ जनाको परिवार । प्रदीप अति नै चतुर मानिन्थे । भनिन्थ्यो – उनीसँग हर प्रश्नको जवाफ छ ।
परिवारका सदस्यहरू हरदम सोचिरहन्थे– बुढालाई कसरी फसाउने । जाडोको समय थियो । एकदिन साँझ खाना खाइसकेर पाँचै जना हिटर तापेर बसिरहेको मौका छोपी प्रदीपलाई श्रीमतीले भनिन्– एउटा प्रश्न सोध्छु ईमान्दारपूर्वक जवाफ दिनुहोला । हुन्छ सोध– बुढाले भने ।
तपाईंकी बुढी आमा र ममध्ये एकजना मात्रै छान्नु पर्ने अवस्था आयो भने तपाईं कसलाई छान्नु हुन्छ ?
अब बुढा फसे भनी छोराछोरी मुखामुख गर्न थाले । बुढाले गम्भीर भएर भने "यसमा कुनै दुई मतै छैन । निसन्देह म मेरी आमालाई नै छान्छु ।’’
सङ्कट आफूतर्फ तेर्सिएको देखेर बुढी बम्किन थालिन । मेरो कुरो अझै सकिएको छैन बुढा, भन्न थाले– मेरो अनुसरण गर्दै कतै मेरो छोराले पनि भोलि आमाको ठाउँमा आफ्नी श्रीमती नछानोस् ।
हेटौंडा, मकवानपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment