रातभरि ऊ सोचिरह्यो, ’’के दिनेहोला ?’’
उसलाई रातभरि निन्द्रा परेन । बिहान उज्यालो हुँदासम्म उसले अझै टुङ्गो लगाउनै सकेन ।
छट्पटाउँदै फेरि सोच्यो, ’’टिसर्ट दिऊँ भने उसैका जत्ति नि छन् । फ्रेम दिऊ भने अरुले नि त्यही दिने होला । जुत्ता पनि उसैसँग जत्ति पनि छन् ।’’
एक कप चिया पियो । मोबाइल हातमा खेलाउँदै आफ्नै मनलाई प्रश्न गर्छ, ऊ ’’के चाहिएको छ, सोधुँ कि क्या हो ?’’
’’ह्या ! लाजै मर्नु हुन्छ होला । सोध्यो भने त फेरि केही चाहिंदैन, भनिहाल्छ नि !’’ अर्को मनले भन्यो ।
’’मिल्ने साथी हो । हरेक कुरामा सघाउँछ । हामीभन्दा हुने खाने पनि छ । तैपनि भिन्न चिज के दिऊ खै ? जसको महत्व नै बेग्लै होस् ।’’
ऊ लगातार सोचमा नै घोरिइरह्यो । समयले उसलाई पर्खिएन । तोकिएको समयमा ऊ साथीको घर पुग्यो । मनमनै खुसी थियो । सबै जम्मा भइसकेका रहेछन् । केक काटियो, खाइयो । सबैले खुसी बाँडे । केही न केही दिए ?
आफ्नो पालोमा उसले उपहार दिँदै भन्यो, ’’समय बलवान् छ, समयले पर्खंदैन बगेको खोला फर्कदैन भन्छन् । सधैँ समयको महङ्खव बुझाउने तिमीलाई जन्मदिनको शुभकामनासहित मेरो उपहार घडी है ।’’
गैंडाकोट– ४, नवलपुर
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment