"तिमीलाई दुईटा खबर छ ।"
एका बिहान मलाई फोनले झस्कायो । धेरै दिनपछि अमरले सम्झेका थिए । उनी बेला–बेला समीरका खुशी ल्याउँथे । समीर एक आदर्शवादी मित्र थिए । उनको प्रशंसा साथीभाइ माझमा चुलिएको थियो । अमेरिकी जीवन अति व्यस्त । साथिभाइसँग भेटघाट गर्ने मसँग फुर्सदै हुन्नथ्यो ।
मैले जिज्ञासा राखेँ, “कस्तो खबर हो मित्र?’’
हाल खबर सोधनी गरेपछि उनले धेरै कुरा सुनाए । मनमा एक तमासको चौचौ बढ्यो । अन्त्यमा दुइवटा खबर रोज्न लगाए—सुखद् र दुखद् । समाचार सुन्ने उत्कण्ठाले एक्कासी मेरो मुखबाट दुःखद् शब्द निस्कियो ।
अमरले मलिन स्वरमा भन्यो, “आकाशले सहर छोडेछ ।’’
जिज्ञासा लागेर मैले भनेँ, “ला… हो र? के भएछ उसलाई? अनि अर्को सुखद् कुरा के हो यार?’’
थमथमाउँदै ऊ बोल्यो, “अस्ति पवित्र स्थलमा अश्लील शब्दले पुष्पवृष्टि गर्ने ‘व्यक्तित्व’ थाहा पाइयो नि ! वास्तविकता पत्ता लगाउँदा नररूपी नरपशु पो रहेछन् ।’’
म अचम्ममा परेँ । त्यो कुरा मेरो कानलाई विश्वास भएन । किनभने विषय मेरो सहृदयी मित्रको थियो । अनि उनी आदर्शको पात्र पनि । जानी– जानी मैले सोधेँ, “को रहेछन् ती भाग्यमानी महोदय?’’
उताबाट उत्तर आयो, "हावाले भरिएको बेलुन जस्तो उडन्ते नबनि आदर्शवान बन्दा के जान्थ्यो र !"
हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment