Sunday, December 29, 2024

लघुकथा (अङ्क १९ मा प्रकाशित)

खरानीको कथा

- लक्ष्मी रिजाल
प्रगतिटोल, रुपनगर, सप्तरी  


"तिमी बल्न पनि सक्दैनौ ! यस्तो कमजोर आगो भएर के फाइदा?" पूँजीवादी हावाले कटाक्ष गर्दै भन्यो ।

आगो गम्भीर भएर जवाफ दियो, “नबलेर निभ्दा आफ्नो यश कसरी बचाउने ? खरानी बनाउन पर्‍यो नि !’’

हावाले अझै हाँस्दै भन्यो, “खरानी ? तिमी केवल धुँवा र गाली छोडेर जान्छौ, त्यो के कामको ?’’

आगो चुपचाप रह्यो । केही समयपछि खरानी थुप्रोमा परिणत भयो । किसानले त्यो खरानी बारीमा छरेको थियो । केही दिनमै हरियाली फैलिन थाल्यो । बालीनाली लहराउँदै ऊ मुस्कुरायो ।

अब हावा चुप थियो ।

आगो मौन थियो तर त्यसको मौनतामा नै उसको कथा बाँचिरहेको थियो । “बल्न नसक्ने आगोले निभे नै यश बचाउन सक्ने रहेछ । कम्तीमा खरानी त काम लाग्छ ।’’


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment