Monday, March 31, 2025

लघुकथा (अङ्क २२ मा प्रकाशित)


पाईंलाई मेरो आफ्नो च्वाइसको सुटमा देख्ने धोको थियो । यसपालि बैरगनियाँ जाँदा टीका–दक्षिणाको पैसाले धान्यो पनि । ल्याएकी छु । हेर्नोस् त !’ दिलाशाले उत्साहका साथ भनी ।

रोशनले कपडा हातमा लियो । उसलाई कपडाको स्तर त ठीकठीकै लाग्यो, कपडाको रंग पटक्कै मन परेन ।  मन नपरेपछि रोशनले सोझै ‘छ्या !’ भन्न पनि सक्थ्यो; उसको के जाने थियो र ! तर उसले त्यो सिट समातेन । भन्यो— ‘सुटैसुट छन् मेरा । चाहिए म आफै किनी हाल्थें । तिमीसँग केही पैसा जगेडा रहँदा के बिग्रिन्थ्यो र !’

दिलाशाले रोशनले ल्याइदिएका सबै कपडा बिना टिप्पणी लगाउँदै आएकी थिई; रोशनले भने त्यो सुटको कपडा सिलाउँदै सिलाएन ।

एकपटक बजार जाँदा दिलाशाले सुटको कपडा खुसुक्क ब्यागमा हालेर गएकी पनि थिई । यसपटक पनि रोशनले ‘पछि विचार गरुँला’ भनेर टार्‍यो ।

रोशनलाई टेलर हाउसभित्र लगेर सुट छेकाउन पनि दिलाशाले सकिन ।

देख्ने मान्छेहरू रोशन–दिलाशाको परिवारलाई ‘मिलेको परिवार’ भन्दछन् ।

अचेल दराज खोल्दा त्यो सुटको कपडामा जब दिलाशाको दृष्टि पर्छ; उसलाई लाग्छ— परिवारभित्र माया प्रेम त हुन्छ नै; द्वन्द्व, शक्ति–सङ्घर्ष र बार्गेनिङ्ग पनि हुने रहेछ । परिवारभित्र पनि सधैँजसो कमजोरकै भागमा पर्ने रहेछ— पराजय ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment