Tuesday, August 5, 2025

लघुकथा संसार मासिक अङ्क २६ (सम्पादकीय)

 


आजको व्यस्त जीवनशैलीमा छोटो र गहन सन्देश दिने साहित्यिक विधाको रूपमा लघुकथा नेपाली साहित्यमा सशक्त रूपमा स्थापित हुँदै आएको छ । सानो आकारमा ठूलो विषय उठाउने लघुकथाले पाठकमा तत्काल प्रभाव पार्ने विशेषता राख्दछ, यही कारण यो विधा नयाँ पुस्ताबीच पनि लोकप्रिय बन्दै बनिरहेको छ ।

विगतमा केही सीमित साहित्यकारहरूले लेख्दै आएको यो विधा अहिले सामाजिक सञ्जाल, अनलाइन पत्रिका र विभिन्न डिजिटल प्लेटफर्म माध्यममार्फत व्यापक रूपमा फैलिएको छ । यसले सिर्जनात्मक अभ्यासका ढोका खोलिदिएको छ—नयाँ र पुराना सर्जकहरूलाई एउटै मञ्चमा ल्याउने अवसर दिएको छ ।

तर सँगसँगै केही चुनौतीहरू पनि छन् । सम्पादनको अभाव, विषयवस्तुको पुनरावृत्ति र केही लघुकथामा भाषा तथा प्रस्तुतीकरणको कमजोरी रहेको देखिन्छ । छोटो लेखन सहज होइन—छोटो भए पनि सशक्त हुन जरुरी हुन्छ । त्यसैले लघुकथामा गहिराइ, नवीन दृष्टिकोण र कलात्मकता आवश्यक छ ।

लघुकथा संसार अनलाइन मासिकले यिनै पक्षलाई ध्यानमा राख्दै लघुकथा विधाको समृद्धिका लागि नयाँ र पुराना सर्जकहरूका रचना प्रस्तुत गर्ने प्रयास गर्दै आएका छौँ । गुणस्तरीय प्रकाशन, सिर्जनात्मक विविधता र सशक्त अभिव्यक्तिलाई प्राथमिकतामा राख्दै हामी यो विधालाई अझ व्यापक बनाउन कटिबद्ध छौँ ।

पाठकको मनमा लामो असर पार्न सक्ने छोटो अभिव्यक्ति हो– लघुकथा । लघुकथा संसार यही विश्वासका साथ नेपाली लघुकथाको उज्ज्वल भविष्य निर्माणमा समर्पित छ ।

अङ्क २६ पढ्न र डाउनलोड गर्नका लागि


.............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment