Saturday, August 9, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


मनमनै कुत्कुतियो र मरीमरी हाँस्यो ।
उसलाई, चित्र बनाउने रहर पलायो र चित्रफलेक लिएर ओसिलो चउरमा गयो ।

धर्साहरू कहाँबाट शुरु गर्ने ? ऊ विचारविहिन् झैँ भयो !
आहा ! होस्, अब चित्र नकोर्ने ! मन बदलियो ।

चउरमा दुवै हातहरूले थपथपायो ।
जुकाहरू रमाउँदै नृत्य गर्न थाले ।

नृत्य गर्दै गरेका जुकाहरूलाई, उसले चित्रफलेकमा ल्याएर सम्सर्ग गर्न लगायो ।
ऊ मुस्कुरायो । सन्तुष्ट भए झैँ महसुस गर्‍यो ।

पलभरमा असङ्ख्य अण्डाहरू पारे जुकाहरूले…
पारिलो घामपट्टि तेर्सायो चित्रफलेक । क्षणभरमा अण्डाहरू फुटे । 

र, अनगन्ती रक्तबीजका अन्तरराष्ट्रिय दिग्गजहरूले, रक्तपान गर्दै गरेका चित्रहरू बने ।

– चाबहिल, काठमाडौँ – ७

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment