Pages

Monday, September 15, 2025

लघुकथा (अङ्क २७ मा प्रकाशित)


अफिसबाट फर्किँदा भोक र तिर्खाले छट्पटिएर आएका बेखा सुकुलमा बसी सुस्ताए । पसिनै पसिनाले भरिएको अनुहार रुमालले पुछे ।  स्वास्नीले सोधिन् ‘चिया पिउनु हुन्छ ?’

‘भो, पर्दैन, अति नै गर्मी छ । छोरी खै त ?’

‘कोठैमा छिन् । भोलि ठुलो जाँच रे, पढेर बसेकी छिन् ।’

‘ए … ! अलिकति चिउरा होला ?’ 

‘छ ।’

‘सुक्खा चिउरा मात्र निल्नै गाह्रो । एउटा अण्डासँग फ्राइ गरिदिनु न, छ कि छैन ? साह्रै भोक लाग्यो ।’

‘एउटा बाँकी छ  'म फ्राइ गरिदिउँला ।'

स्वास्नीको कुरा सुनी – ‘भो, भो पर्दैन । जाँच भनी राती अबेरसम्म पढिराख्छिन् छोरी । भरे बेलुका उसिनेर उनैलाई खुवाइदिनु ।’ भनी आफू त्यही सुक्खा चिउरामै रमाए । करुवाको पानी घट्घट् पिएर डकारी भान्साबाट निस्किएर छोरीको कोठातिर लागे ।

ज्याठा, काठमाडौँ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment