Pages

Monday, September 15, 2025

साभार लघुकथा (अङ्क २७ मा प्रकाशित)


उसले आफूले टेकेको जमिनले बिझाएको अनुभूति गर्‍यो । धर्तीबाट पर रहेको क्षितिजमा झपक्क परेको ठुलो रूख देख्यो । त्यहाँ शीतलता र सुखसुविधाको ओत देख्यो । 

हरेक पात पातमा इज्जत, सानमान बसेको देख्यो । त्यसैले सकेसम्मका उपायहरु लगाएर ऊ रूखमै चढ्यो । उसलाई संसार जिते झैँ लाग्यो । उसले अभावका बेला जति सक्दो हरिया पातहरु जम्मा गर्‍यो । त्यसपछि ऊ सम्पूर्ण सुखसयल र समृद्धिले चुलियो । समयक्रममा उसले आफू मेसिन हुँ कि मान्छे हो भन्ने बिर्स्यो र अनुसन्धान गर्न थाल्यो । उसले व्यक्तिगत र सामाजिक दुवै जीवन निरर्थक पायो । उसलाई हरियो रूखको ओत पनि बेकार जस्तो लाग्यो । सद्भाव, आत्मीयता र आफ्नोपन पनि लुटिए जस्तो लाग्न थाल्यो । 

त्यसै बेला आमाले ‘आइज बाबु !’ भनेको आवाज कता कताबाट उसको कानमा पर्‍यो । 

उसले रूखबाट तल हेर्‍यो । उसलाई आफ्नो 

देश जस्तो लाग्यो । उसलाई हत्तपत्त जन्मभूमिमा निधार बिसाउन मन लाग्यो । 

तर … अफसोच, ऊ त्यस रूखबाट तल झर्नै सकेन ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment