विलोम लघुकथा
म चुर्लुम्म डुबेकी थिएँ –
मनको गहिराइमा ।
पुग्नु थियो
सपनाको संसारमा ।
बनाउनु थियो –
सुनौलो भविष्य ।
उसले बाटो देखाउँदै गयो ।
म निसंकोच हिँड्दै गएँ ।
हिँड्दा हिँड्दै एउटा महल देखापर्यो ।
“के तपाईँको सपनाको महल यही हो ?’’
उसले सोध्यो ।
“हजुर !’’ मैले विनम्रतापूर्वक जवाफ फर्काएँ ।
“त्यहाँ पुग्न यो भर्याङ चढ्नुपर्छ ।’’
मैले सहमति जनाएँ र चढ्ने प्रयास गरेँ ।
पहिलो खुड्किलो अलिक कठिन थियो ।
दोस्रोमा उमंग ।
तेस्रोमा आशा ।
चौथोमा सपना ।
पाँचौमा रहर ।
छैटौंमा भविष्य ।
…… …… …
… ……
… ……
चढ्दै जाँदा आनन्दित भएँ ।
महलभित्र छिरेँ, रमाएँ र उसलाई डाकेँ ।
त्यही समय न त ऊ थियो ।
न त फर्कने बाटो नै ।
त्यहाँ मात्र विश्वासघातको काँडारूपी बार थियो ।
- राजविराज (खर्साल टोल) सप्तरी
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment