Saturday, October 25, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


 

हामी सबै छतमा घाम तापिरहेका थियौँ ।

चोर आएछ; ल्यापटप, मोबाइल, पर्स जो भ्याउँथ्यो : लटपट पारेछ र ढोकामा चुक्कुल लगाएर गएछ ।

छतबाट बा पहिले तल झर्नु भएको थियो ।

ढोकालाई यथाअवस्थामा देख्दा बा ढुक्क हुनु भयो ।

धन्यवाद, चोर ! हामीले थप विपत्ति झेल्नु परेन ।

बा मुटुरोगको गम्भीर बिरामी !

ढोका ह्वाङ्ग देख्दा चोर आएको बाले थाहा पाई हाल्नु हुन्थ्यो ।

अवस्था जे पनि हुन सक्थ्यो ।

- बोझेपोखरी, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment