Sunday, October 26, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


आमा घरभित्र पस्दै गर्दा छोरीले भनी, “त्यस अंकलले फोन गर्नु भएको थियो । आमा कस्तो हुनु हुन्छ, सोध्नु भयो । किन मोबाइल घरमै छोडेको ?’’  आमाको  अनुहार हँसिलो भयो । तिनी भित्तामा झुण्डिएको ऐनाअघि गइन्, आफ्नो अनुहार हेरिन् । धेरै वर्ष पहिले लोग्नेदेखि छुट्टिएर बेग्लै छोरीसित बस्दैथिन् तिनी ।


“यस अंकलले यति मन पराउनु हुन्थ्यो, त्यस दुष्ट अत्याचारीसित किन बिहे गर्नु भएको थियो ?’’ छोरीले विचार  गरेर सोधी । “मैले  नराम्रो मान्छे लागेर मन पराइन । आज यस्तो लाग्छ, सबैभन्दा राम्रो रहेछ ।’’

- दुर्गागढी, प्रधाननगर, दार्जिलिङ ७३४००३

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment