मिलीजुली
- रञ्जुश्री पराजुली
बाँसबारी, काठमाडौँ
"किन रुन्छेस् माहिली तेरो बुढाले मात्र तँलाई त्यसो गर्ने होइन । तेरा बाल्यकालका दौँतरीहरू सबैको अवस्था एकै छ । अस्ति तल्ला घरे काली माइत आएकी रहेछ । तेरो हाल सोध्न यहाँ आएकी थिइ । त्यसबेला उस्को अनिहार नै भुक्क सुनिएको थियो । मैले के भएको भनेर सोध्दा ज्वरो आएर सबै शरीर सुनिएको छ काकी भनी । मैले पत्याइन र उस्को मन चोर्दै “लोग्नेले पिटेको जस्तो छ हो?’’ भनेर सोधे । होइन, अहिले मलाई हतार छ । पछि आउँछु’’ भनेर हिंडी । भोलिपल्टै राम काकाकी छोरी मैयाँ पनि त्यस्तै थिलथिलो अवस्थामा आएकी थिइ । दुईदिन आमाले घाममा राखेर तेल घसेर स्याहारी । तेल घस्दा पनि “ए®या… आथ्थु’’ गरेको यहाँसम्म सुनिन्थ्यो ।
ए…हो आमा ! ल हेर त मेरो अवस्था पनि त त्यस्तै त छ नि भन्दा घुम्लङ्ग ओढेको खास्टो शरीरबाट खसाली । लोग्नेको पिटाईले पूरा शरीर नै नीलदाम भएको देख्दा आमा लौन नि भनेर छोरीलाई अंगालो हालेर रुन थालिन् । छोरीले आमालाई ढाड्स दिँदै “अब हामी कसैले पनि लोग्नेको अत्याचार खप्न परदैन आमा । तिमी पीर नगर । लोग्नेबाट पीडित हामी सबैले अब तिनीहरूको अत्याचार, अन्याय, बलात्कार केही पनि सहन पर्दैन ।
हामी तिनै जनाले मिलिमतो गरेर घर छोडे हामीलाई घरभित्र खान लगाउन दिएर, सद्भभावले घरकी बुहारीको रुपमा राख्दछौ भने माइतीमा लिन आउ नत्र भने हामी कानुनको सहाराबाट आफ्नो हक लिन्छौं भनेर आएका छौँ । तल्ला घरे माइली र मैयाँ पनि माइत आएका छन् । आमाबुवा, दाइभाउजु भएको बेला उसले यसो भन्दाभन्दै सासु–ससुरा लोग्ने, जेठाजु जेठानी उसलाई लिन भनेर आइ पुगे । उसलाई फकाउँदै “हामीबाट गल्ती भयो । बुहारी भनेको नोकर्नी बराबर हो भन्ने चलन हाम्रो समाजमा धेरै पुस्ता अगाडिदेखि चल्दै आएको हुनाले हामी सबैले तिम्लाई नोकर्नीको दर्जामा राखेका थियौं । त्यो हाम्रो गल्ती रहेछ तिमी त हाम्रो घरकी लक्ष्मी पो हौ ।’’
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment