बन्द प्रेमपत्र
ब्लड क्यान्सरले पिडीत नकुल घरमा बस्द-बस्दा निकै आकुल भैसकेका थिए । एक दिन उनले आमासँग नजिकै रहेको मैतीदेवी मन्दिर घुमेर आउने अनुमति मागे । आमाले पनि सहमति दिइन् । निकै सुन्दर युवक नकुल, त्यसमा उनी निकै सुन्दर पैरनमा मन्दिर गए । मन्दिरमा सुन्दर युवती फूल बेचिरहेकी थिइन् । निकैबेर उनले युवतीलाई हेरे । उनलाई युवती साह्रै मनपर्यो । उनले युवतीसँग दश रुपैयाँको फूल मागे । युवतीले सफा कागजले बेरेर फूलको गुच्छा दिइन् ।
नकुलले फूल ल्याएर उनको कोठाको टेबुलमा राखे । अब नकुलको दिनचर्या बदलियो । युवतीलाई हेर्न कै लागि उनी दिनहुँ फूल किन्न जाने र सबै फूलहरू टेबुलमा सजाएर राख्नेे गर्न थाले । अचानक केही दिनयता नकुल फूल किन्न गएनन् । युवती अचम्मित भइन् । त्यसपछि युवतीले नकुलको खोजी गर्न थालिन् । जुन सिलसिलामा उनी मन्दिर नजिकै रहेको नकुलको घरमा पुगिन् । तबतक नकुलको मृत्यु भइसकेको रहेछ । उहाँ मेरो फूल किन्ने ग्राहक हुनुुुहुन्थ्यो । युवती नरम भाषामा बोलिन् ।
आमाले किनेका फूलहरू आफ्नै कोठामा सजायको छ भन्दै रूँदै युवतीलाई देखाइन् । युवती फूलको गुच्छा कुनै पनि नखलेको देखेर, खोल्दै मैले यो गुच्छा बेरेको कागजमा प्रेम प्रस्ताव राखेकी थिएँ । भरिएका आँसु सहित उनी बाहिरिन्छिन् ।
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment