"युवा पुस्ताले झैं वजन घटाएर छरितो बन्ने रहर लाग्यो । सर्लक्कै घट्नु भएछ त ? अनुहार पनि निन्याउरो देख्छु । कि बिरामी हुनुहुन्छ ? “मैले आरती भाउजूलाई सोधें ।
के बिरामी भन्नु नानी अलि सन्चो छैन ।
के भयो ?
“सुन्नु पर्नेले सुन्दैनन् तपाईंलाई के सुनाउँ नानी ?’’
दुःख बाँडे हलुका हुन्छ भन्नोस् न ।
पेट दुखेर एकैछिनमा इन्तु न चिन्तु हुन्छु । यत्तिकै माथि गइएला जस्तो हुन्छ । यस्तो कुरा कसलाई सुनाऔं ?
दाजुलाई सुनाउनु भएन ? जचाउँन लानुभएन ?
“ह्या ! के भन्नु नानी सुन्नेलाई पो सुनाउनु ।
केही बोल्यो कि आइमाईको किचकिच शुरु भो, सुखले मातेका आइमाई भन्दै अर्कोतिर फिर्नुहुन्छ …
कसैलाई … दाजुलाई नि नभन्नुस् है “भाउजू गाग्री बोकेर हिडिन् ।’’
हिउँदमा मूल सुकेछ कतिबेला गाग्री भरिनु बहिनी ? टुप्लुक्क दाजुको अफिसको सहकर्मी आईपुग्नुभो ।
भाउजु जाँदै गर्दा हामी बिचका आंशिक संवाद सुन्नुभएछ वहाँले । कुरा चल्यो, दाजुका नितान्त व्यक्तिगत कुरा सुनाउनु भयो ।
भाउजूको दिमाग चाटें । वहाँ अनभिज्ञ हुनुहुँदो रहेछ ।
भाउजूको पीडामा दाजु बेखबर दाजुको सकस भाउजूलाई थाहा छैन ।
'होइन …, जीवनसाथी भनेको हरेक सुखदुःखमा मल्हमपट्टी गर्न पनि होइन र ?’
निदाउनु अघिको अन्तिम “हा…आ…ई’’ र ब्युझे पछिको पहिलो "ओइ’’ नै एकअर्कासँग हुन्छ भनें आपसी अन्तरंग चाहिँ किन बाहिरी मान्छेसँग साटिन्छ ?
“के विवाहितहरू एयरहोस्टेज जस्तै मात्र हुन् ?’’ सोचमग्न भएँ ।
“ल छोरी कुण्डली मिल्यो । पढेलेखेका, सम्पन्न र शिक्षित कुलघरानका कुटुम्ब उम्काउनु हुन्न ।’’ बुबाले खुसी हुँदै सुनाउनुभयो ।
“कुण्डली त मिल्यो, हामी दुईको बिचार, सोचाइ, मन मिल्छ मिल्दैन थाहा छ तपाईंलाई ?
जीवन बिताउने कुरा हो जहाँ एकअर्काको भावनाको सम्मान हुँदैन, एउटालाई चोट लाग्दा अर्कोको मन रुँदैन खोक्रो सम्पन्नता र योग्यताको अर्थ नै हुँदैन ।’’
“बुबा ! यो समाजले विवाहित जोडीलाई जीवनसाथीको पगरी जति गर्वसाथ गुथाईदिन्छ नि, वास्तविक जीवनमा उनीहरू “साथी चाहिँ’’ छन् छैनन् कहिल्यै बिचार गरेको छ ?
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment