Wednesday, April 2, 2025

साभार लघुकथा (अङ्क २२ मा प्रकाशित)


तराधाम, बाह्रवर्षे कुम्भ मेलामा कुम्भ स्नानको लागि हजारौं मानिसहरू भेला भएका थिए । कोही नदीमा डुबुल्की लगाउँदै थिए भने कोही नदी तटमा पूजा अर्चना गर्दै थिए ।

ती हजारौं मानिसहरूको भीडमा कुम्भ स्नानको लागि एउटा दम्पत्ति आफ्नो नौ वर्षीय बच्चाको साथ उपस्थित थिए । त्यो बच्चा तीक्ष्ण बुद्धिको विलक्षण स्वभावको थियो । उसलाई कतिपयले बालगुरू पनि भन्दथे ।

भक्तजनहरू पानीमा डुबुल्की मार्दै निस्कँदै गरेको देखेर उसलाई अचम्म लाग्यो । बाबुआमालाई सोध्यो, “त्यो के गरेको ?’’

'त्यसलाई कुम्भ स्नान भन्छन्, बाबु !’

'किन कुम्भ स्नान गर्छन् ?’’ उसले फेरि प्रश्न तेर्स्यायो ।

“कुम्भ स्नान गर्नाले सम्पूर्ण पापहरू पखालिएर मान्छेले पूण्य प्राप्त गर्छ । मोक्ष प्राप्त गर्छ ।“ बाबुआमाले उसको जिज्ञासा शान्त पार्ने प्रयास गरे ।

बाबुआमाको जवाफले उसको चित्त बुझेन र पुनः प्रश्न गर्‍यो ।

’अनि के यहाँ आएका सबै पापी हुन् बाबा ? फेरि एकपल्ट कुम्भ स्नान गर्नाले पापहरण हुने भएकाले पो समाजमा पापी बढेका रहेछन् त !” उसले भन्यो ।

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment