Wednesday, April 2, 2025

अनुवाद लघुकथा (अङ्क २२ मा प्रकाशित)


केटाकेटीहरूले धेरै दिनदेखि छुट्टीमा कतै बाहिर घुम्न जान आग्रह गरिरहेका थिए । आखिरमा आमाले गाउँ जाने कार्यक्रम बनाउनुभयो, तब छोरी नजिकै आइन् र भनिन्‌–  "आमा ! म तपाईंसँग गाउँ जाँदिन ।’’

किन ? आमा छक्क पर्नुभयो ।

त्यहाँ, दिनभरि घरभित्रै बस्दा बोर हुन्छ ।’

"किन ? तिम्री काकीकी छोरी एउटै उमेरकी छिन्, उनीसँग कुरा गर्ने ।’’ आमाले सुझाव दिँदा छोरीले भन्यो,  'के कुरा गरौँ ? उनी दिनभरि सुई र धागोले केही न केही बनाइरहेकी हुन्छिन् ।’

फेरि, यहाँ एक्लै बसेर के गर्छौं ? 

आमाले शंका उठाएपछि छोरीले तुरुन्तै भन्यो,  "पापा हुनुहुन्छ नि, अफिस जाँदा डीभिडी मगाएर मनपरेको पिक्चर हेर्छु यसरी समय बित्नेछ । गाउँ गएपछि बोर हुनैपर्छ ।’’ आमालाई लाग्यो कि छोरी शायद आफ्नो दाजुको कुरा मानेर गाउँ जान राजी हुनसक्छिन्, त्यसैले छोरातिर फर्केर भनिन्, – 

"अभिषेक ! तिमीले सम्झाउ यसलाई’’

"मैले के सम्झाउनु पर्छ ? म आफैँ तपाईंसँग गाउँ जाने छैन ।’

'किन ?’

आमाले सोध्दा अभिषेकले स्पष्ट पार्दै भन्यो – "गाउँ भनेको बस्ने ठाउँ हो र? न त्यहाँ कुनै सभा, न सोसाईटी छ ।’

छोराको सोचमा परिवर्तन आउन सक्छ, त्यसैले आमाले भनिन्, "विक्रम तिमीभन्दा एक वर्ष मात्र कान्छो छ । तिम्रो र उसको राम्रोसँग मन मिल्नेछ ।’’ उनीसँग घुम्ने र कुरा गर्दछ ।

"त्यहाँ, कुन पार्क वा मार्केट छ, जहाँ म उनीसँग घुम्न जानु । जहाँसम्म उनीसँग बस्ने कुरा छ, उनीसँग बस्दा खेतबारी र गोठालाको मात्रै कुरा गर्नुहुन्छ । राजनीतिको कुरा गर्दा गाउँको मुखियाको कुरा गर्नु थाल्छ । संसार कहाँदेखि कहाँसम्म पुगिसकेको छ, तर उसले आफ्नो गाउँ बाहिर केही सोच्न सक्दैन ।’’

आमाले एक्लै जानुको विकल्प अर्को बाटो देख्नुभएन, उसलाई लाग्यो, शहरको नयाँ पुस्ताको लागि गाउँ धेरै बिरानो हुँदै गएको महसुस भयो ।

अनु :  डा. कमला तामाङ  मिरिक, दार्जीलिङ

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment