झसङ्ग भयो, बिपना हो कि सपना ।
बाले सपनामा मलाई भनी रहनु भएको थियो,
दश महिने तिम्रो आमाको गर्भबाट जब तिमी मुक्त भयो, त्यसै बेला मेरो मस्तिष्कमा तिम्रो भविष्यको गर्भाधान भएको थियो ।
– चेतना शून्य अवस्थामा पनि तिम्रो चित्कारले तिम्रो आमाको मातृत्व तिमीसँगै जन्मेर सुस्तरी मुस्काउँदा मेरो वर्तमानभन्दा तिम्रो भविष्यको लागि म रोमाञ्चक भएको थिएँ ।
– जब म बुवा भएँ, त्यसबेला देखि छोरो भइन, मेरो भूत/वर्तमान/भविष्य तिमीमा नै देखें ।
सपनामा बाले भनेका यावत् कुराहरू सम्झिँदै/ सोच्दै म वाल्ल परी रहें ।
वास्तवमा, मलाई जस्तै, मेरो बुवालाई पनि यस्तै भएको रहेछ ।
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment