शहरमा उसको भव्य महल तयार भयो । केही समय त उसका बाआमा पनि खुसीले छोरा बुहारीसँगै बसे । सँगै बसेपछि स–साना कुरामा दन्तबझान हुन थाल्यो । एकदिन घरमा महाभारत मच्चियो ।
“अब हामी यहाँ एक, दुई, तीन बस्दैनौं ।’’ बाआमा आ–आफ्ना कपडा झोलामा हालेर घरबाट बाहिरिए । उसले बाआमालाई नजानुस् भनेर रोक्न सकेन ।
उसका बाआमा सडकको किनारमा माग्दै गुजारा गर्न थाले । ऊ हाकिम भएकाले सरकारी गाडीमा सवार हुन्थ्यो । सडकमा बाआमालाई देखे पनि नदेखेझैं गरेर अघि बढ्थ्यो ।
एक रात सडकको किनारमा दुःखको सिरानी हालेर निदाएका बुढाबुढी बिहान उठेनन् । राति नै ट्रीपरद्वारा किचिएर उनीहरूले सँगै जिउने, सँगै मर्ने वाचा पुरा गरे ।
“बृद्धबृद्धाको सडक दुर्घटनामा मृत्यु ।’’ टेलिभिजनको समचारले उनीहरूको ध्यान आकृष्ट गर्यो । उसले सनाखत गरेर लाश जिम्मा लियो ।
उसले बाआमाको तेह्रौ दिनको किरिया भव्यताका साथ सम्पन्न गर्यो । टोलभरिका छर–छिमेकलाई बोलायो । पुरोहितहरूलाई पनि मनग्गे दान दक्षिणा दिएर बिदाई गर्यो ।
यतिखेरै उसका छिमेकी जानकीरमणले ठट्टा गरे, “जे होस्, दुर्गाप्रसादजीले आफ्ना बाआमालाई मरेपछि भने मज्जाले खान, लाउन दिनु भयो है ।”
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


No comments:
Post a Comment