आगोलाई आफ्नो क्षमताबारे ज्ञात भएछ र निकै घमन्ड चढेछ । यो संसारमा मभन्दा शक्तिशाली कोही रहेनछ । मेरो अगाडि कोही टिक्न सक्दैन भन्दै अगाडि जो जो पर्छन् सबैलाई जलाउँदै खरानी पार्दै हिँड्न थालेछ ।
सबै वनजङ्गल जीवजन्तु आदिलाई खरानी बनाइ सकेपछि चारैतिर नजर घुमाएर हेर्दा केही बाँकी थिएन । घमन्ड र क्रोधको पारो अरू चढ्दै गयो ।
जसरी देवी काली नरसंहार गर्दै टाउकोको माला लगाएर रगतको मातले उन्मत्त भएर हिँड्दै जाँदा अन्जानमा महादेवलाई टेक्न पुगिन् र महादेवले उनको क्रोध समूल अन्त गरे । त्यसैगरी आगो पनि आफ्नो राप र तापको घमन्डले चुर भएर उन्मत्त हिँडाइ हिँड्दै जाँदा शान्त भएर बगिरहेकी पानी माथि टेक्न पुग्यो ।
आगोको चुरीफुरी र घमण्ड पलभरमै स्वाहा भयो ।
..............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment