उनी घुँक्क घुँक्क रोईरहेकी थिइन् ।
डिट्ठीनी बजैले फेरि प्रश्न तेर्स्याइन्, “हैन के भयो हँ तिमीलाई ? कहिल्यै यसरी रोएको दखेको थिईन मैले, कस्ले के गर्यो तिमीलाई ? किन मन दुखायौ ?’’
“आफ्नै भाग्यलाई सम्झेर धिक्कार्दै छु दिदी, मेरो बुढो जिउँदो भएको भए आज मलाई यस्तो हुने थिएन ।’’ कर्कीनी बजैले बिलौना पोखिन् ।
डिट्ठीनी बजैले सम्झाईन्, “बितेको कुरालाई सम्झेर हुन्छ त? एक्लै बसेपनि अहिलेसम्म हातखुट्टा चलेको छ, आफ्नो काम आफैँ गर्न सक्दैछ्यौ, त्यसमा खुसी मान न !’’
“हो नि दिदी तर नौ महिनासम्म कोखमा राखेर खाई नखाई हुर्काएको सन्तानले मन दुखाएपछि रून त मन लागिहाल्छ नि !’’ कर्कीनी बजैले मुख खोलिन् ।
ए आज आमाको मुख हेर्ने दिन छोरा आएन भनेर चित्त दुखाएको होला, पसल छोडेर आउन पाएन होला ! भरेसम्म आउला नि त किन पिर मानेकी तिमीले ?’’ डिट्ठीनीले ढाडस दिइन् ।
“ऊ आएको थियो दिदी !’’ कर्कीनी बजैले जवाफ दिइन् ।
अचम्म मान्दै डिट्ठीनीले फेरि सोधिन्, “अनि छोरा आमाको मुख हेर्न आएको रहेछ त ! किन रोएर बसेकी त ? कि खाली हात आयो ?’’
उनले भनिन् “खाली हात थिएन दिदी !’’
डिट्ठीनीले पुनः जिज्ञासा राखिन् , “केही खानेकुरा त बोकेर आयो होला नि ?’’
मैले महिना भरी उसको पसलबाट खाएको रासन पानीको बिल लिएर आएको थियो !’’ कर्कीनी बजैले लामो सुस्केरा हालिन् ।
– काभ्रे, पनौती । हालः कपन, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment