कविता संसार तेस्रो वर्षको पहिलो अङ्क लिएर तपाईंहरूसमक्ष प्रस्तुत भएको छ । विगत दुई वर्षमा गरेका प्रयास, चुनौती र सफलताहरूलाई संगाल्दै यस यात्रामा साथ, हातेमालो र विश्वास प्रदान गर्ने सम्पूर्ण स्रष्टा, पाठक तथा शुभेच्छुकहरूलाई यस अवसरमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
कविता संसारलाई आजको स्थानमा पुर्याउन तपाईंहरूको निरन्तर प्रोत्साहन मुख्य आधार बनेको छ । अबको यात्रामा पनि यही साथ, सुझाव र सहयोगले हामीलाई अझ सबल बनाउनेछ भन्ने दृढ अपेक्षा राखेका छौँ ।
साहित्य यात्रा साझा योगदानले समृद्ध हुन्छ भन्ने विश्वासका साथ, हामी तेस्रो वर्षको यात्रामा नयाँ उत्साह र सृजनशील प्रतिबद्धतासहित अघि बढिरहेका छौँ ।
साथै, नेपालीहरूको महान चाड बडादसैँको हार्दिक शुभकामना कविता संसार पत्रिकाका सम्पूर्ण शुभचिन्तकहरूमा व्यक्त गर्दछौँ । विविधतामय संस्कृति, धार्मिक आस्था र आपसी सद्भावको प्रतीकका रूपमा यस चाडले हामी सबैलाई एकताको डोरीमा बाँध्ने काम गरेको छ । यस पर्वले आशा, उमङ्ग र हर्षोल्लासका साथ नयाँ उत्साह बोकेर परिवार र समाजलाई अझ सशक्त बनाउन प्रेरणा दिन्छ भन्ने विश्वास लिएका छौँ ।
यस पावन अवसरमा सबैका घर आँगनमा शान्ति, समृद्धि र उज्यालो पसोस्, सबैको मनमा साहित्य र सृजनाको प्रकाश झल्कियोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
अङ्क २५ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment