खरसाङको रेल स्टेशन ।
समय : ७ : ५५, साँझ ।
रेलवे स्टेशन सुनसान थियो । कुहिरो हल्का ओर्लँदै थियो, मानौं समय आफैं ओसिएको छ ।
शारदा बेंचमा चुपचाप बसेकी थिइन् हातमा घडी थियो, न आँखामा हतार । उसका लागि घडीका काँटाहरूभन्दा पनि ती यादका पलहरू धेरै थिए, जुन हरेक साँझ उसले यहाँ बिताउँदै आएकी थिई ।
तीन वर्ष भयो, उसले उसलाई बिदाइ दिएको ।
“म फर्किन्छु,” उसले भनेको थियो । अनि एक गहिरो अँगालोमा हराएका थिए दुवै ।
त्यसपछि ?
केवल पत्रहरू, त्यो पनि वर्षमा एकपल्ट । अनि अन्ततः मौनता ।
तर शारदाले आज पनि विश्वास गर्न छाडेकी छैन । उसले पर्खिरहेकी छ, हरेक रेलसँग एउटा अनुहार आउनेछ, जुन उसका आँखाले चिनेका छन् ।
अरूलाई लाग्न सक्छ, यो केवल पागलपन हो ।
तर उसलाई लाग्छ– प्रेम जहाँ सकिन्छ, त्यहीँ प्रतीक्षा जन्मिन्छ ।
-मिरिक, दार्जीलिङ
.............................................................................
....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment