"उफ ! यो दुनियाँमा पनि के के देख्नुपर्छ !’’ – रीनाले बीनाको नजिकै बस्दै भनिन् ।
“के भयो दिदी किन त्यसरी निराश हुनुभएको ?’’ – बीनाले आश्चर्य मान्दै प्रश्न गरी ।
“हेर बीना यता तिम्रो सफल अप्रेसनबाट कति राम्रो बाबु जन्मियो । हामी कति खुसी छौँ उता यही अस्पतालको अर्को बेडमा भर्ना भएकी थिइन् एउटी महिला बिचरी अप्रेसनकै समयमा मृत्यु भयो । अब कसरी हुर्केला त्यो अभागी बालख ?’’ – रीनाले दुःख व्यक्त गर्दै भनी ।
“हो र दिदी धेरै दुःख लाग्यो सुन्दा ।’’ – बीनाले पनि दुःख जताइ । उनीहरूको माइतीगाउँ एउटै थियो । तर बीना दलित परिवारकी भएकोले खासै आउने जाने थिएन ।
“तिमीले चिनेकी छौ होइन ?’’ – रीनाले सोधिन् ।
“हो नि दिदी चिनेकी छु उनी मेरो माइतीगाउँ की उपाध्यकी छोरी हुन् । हामीले गाउँमा छँदा एउटै स्कूलमा पढेका हौँ ।’’ – बीनाले भनी ।
“ऊ त मरेर गई बालकलाई कसरी जोगाऊँ ?’’ भन्दै उसको सासु बिलाप गर्दै छन् बाहिर । बीनाले जानकारी गराइन् ।
“बिचरा…. ! मेरो दुध खान मिल्ने भए त मैले केही महिना उसलाई पनि पाल्ने थिएँ ।’’ – बीनाले हिजै जन्मिएको आफ्नो बालखतिर हेर्दै भनी ।
“त्यसो न भन नानी तिमी त महान हौँ । अब मेरो छोराको वंश धान्ने यही हो । बाबुलाई अमृतपान गराएर बचाइदेऊ न सक्छौ भने ।’’ – मृत्यु भएकी महिलाको सासुले रोइरहेको बालख लिएर बिनाको बालखको नजिक सुताउँदै भनिन् ।
-दाङ घोराही – १८
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment