धनगढीको एउटा सानो कोचिङ सेन्टरमा उनीहरू पहिलोपटक भेटेका थिए ।
अनुको आवाजमा मिठास थियो, विकासको आँखामा गम्भीरता ।
कक्षाको सुरुवातमै उनीहरूबीच संवाद सुरु भयो— सुरुवात पढाइबाट, विस्तार प्रेमसम्म ।
विकास अनुलाई हेर्दै बस्थ्यो, उनी हाँस्दा, उसलाई लाग्थ्यो संसारै उज्यालो भयो । अनु पनि विकासको आत्मीयता, संवेदनशीलता र समर्थनमा ढल्दै गइन् । उनीहरूबीचको सम्बन्ध समयसँगै गहिरिँदै गयो— फोन, चिया, ट्युसनपछि घण्टौंको कुराकानी ।
त्यसको दुई वर्षपछि अनु काठमाडौं गइन् ।
सि.ए. को तयारी अनि नयाँ सपनाहरूको सहर । विकासले कोरोनाको बेला विवाह गरेर छोराको जन्म भइसकेपछि इण्डिया सि.ए. पढ्न गए । त्यपछि उनको सि.ए. फाउन्डेसन पास भइसकेपछि अनुसँग कन्ट्याक्ट भयो । विकासले अनुलाई जस्तो सघायो, सायद उसले आफूलाई पनि त्यसरी कहिल्यै सघाएको थिएन ।
एकदिन विकासले उनलाई कल गर्यो— र अनुले इग्नोर गरिन् ।
त्यस दिन विकासले आफैंसँग एउटा गहिरो प्रश्न गर्यो— ‘किन म अझै माया गर्छु ?’ जवाफ खोज्दै उसले पूरा दिन मौन बितायो ।
त्यसै साँझ विकासले एउटा इमेल लेख्यो— लामो, भावनाले भरिएको जसमा गुनासो पनि थियो र माया पनि ।
उसले लेख्योः ‘तिमी जसरी धनगढीमा मसँग थियौ, त्यो माया जीवनमा फेरि कसैबाट पाउने छैन जस्तो लाग्छ । तर काठमाडौँ पुगेपछि तिमीभित्र एक किसिमको घमण्ड देखेँ— त्यो शायद सफलताको हो, वा शायद… दूरीको ।’
उसले अनुलाई सम्झायो— ‘सोध्नू आफ्नो मनलाई, कसको कुरा सुन्दैछौ अहिले ? के साँच्चिकै राम्रो काम गरिरहेकी छौ ? को मान्छे गुमाउँदै छौ ?’
अन्त्यमा, उसले लेख्योः
‘जहिले पनि माया गर्थें, अहिले पनि गर्छु, तर अब तिमीलाई नबुझ्ने झुठो आशामा बाँधिएर बस्दिन । म आफ्नै बाटो बनाउने सोचमा छु । तर तिमीलाई चाहिएको बेला यो मेरो घरको ढोका सधैं खुला रहनेछ ।’
त्यो इमेल अनुले कहिल्यै पढिन् कि पढिन — थाहा छैन ।
तर विकासलाई थाहा थियो— अब उसले आफैंभित्रको उत्तर आफैंले भेटेको छ ।
त्यो दिनदेखि विकासले अनुको प्रतीक्षा गर्न छोड्यो । तर मनको कुनामा एउटा कुनो सधैं खाली रह्यो— ‘अनु’ नामको एउटा अधुरो प्रेम ।
–काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment