Sunday, August 10, 2025

लघुकथा (अङ्क २६ मा प्रकाशित)


ऊ नदीको बगरमा बसेर एक छिन टोलायो ।
फेरि एकछिन रोयो पनि । एक छिन मुस्कुराउँदै विगतका दिन सम्झियो ।

फेरि झस्कियो र रुन्चे मुख लगायो ।
छेउमा भएका ससाना ढुङ्गा हातले उठाउँदै पानीमा फेक्दै बस्यो । 

फेरि झस्कियो र हाँस्न थाल्यो ।
खल्तीदेखि वालेट निकालेर खै ! के हेर्‍यो र फेरि ढुङ्गा फेक्न थाल्यो । 

उसको हरकत देखेर उसँग भएको साथीलाई विरक्त लाग्यो ।
“तेरो खुस्कियो र ! सधैँ सधैँ यहाँ चै के खोज्न आउँछस्‌’’ उसको साथीले रिसाउँदै भन्यो । 

“आफ्नो गल्ती र मायाको परिभाषा’’ बोलेर फेरि ढुङ्गा बटुल्न थाल्यो ।

- अरुणाञ्चल प्रदेश, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment