Pages

Friday, September 26, 2025

कविता संसार मासिक अङ्क २५ (सम्पादकीय)


कविता संसार तेस्रो वर्षको पहिलो अङ्क लिएर तपाईंहरूसमक्ष प्रस्तुत भएको छ । विगत दुई वर्षमा गरेका प्रयास, चुनौती र सफलताहरूलाई संगाल्दै यस यात्रामा साथ, हातेमालो र विश्वास प्रदान गर्ने सम्पूर्ण स्रष्टा, पाठक तथा शुभेच्छुकहरूलाई यस अवसरमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।

कविता संसारलाई आजको स्थानमा पुर्‍याउन तपाईंहरूको निरन्तर प्रोत्साहन मुख्य आधार बनेको छ । अबको यात्रामा पनि यही साथ, सुझाव र सहयोगले हामीलाई अझ सबल बनाउनेछ भन्ने दृढ अपेक्षा राखेका छौँ ।

साहित्य यात्रा साझा योगदानले समृद्ध हुन्छ भन्ने विश्वासका साथ, हामी तेस्रो वर्षको यात्रामा नयाँ उत्साह र सृजनशील प्रतिबद्धतासहित अघि बढिरहेका छौँ ।

साथै, नेपालीहरूको महान चाड बडादसैँको हार्दिक शुभकामना कविता संसार पत्रिकाका सम्पूर्ण शुभचिन्तकहरूमा व्यक्त गर्दछौँ । विविधतामय संस्कृति, धार्मिक आस्था र आपसी सद्भावको प्रतीकका रूपमा यस चाडले हामी सबैलाई एकताको डोरीमा बाँध्ने काम गरेको छ । यस पर्वले आशा, उमङ्ग र हर्षोल्लासका साथ नयाँ उत्साह बोकेर परिवार र समाजलाई अझ सशक्त बनाउन प्रेरणा दिन्छ भन्ने विश्वास लिएका छौँ ।

यस पावन अवसरमा सबैका घर आँगनमा शान्ति, समृद्धि र उज्यालो पसोस्, सबैको मनमा साहित्य र सृजनाको प्रकाश झल्कियोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

अङ्क २५ पढ्न र डाउनलोड गर्नका लागि फोटोमा क्लिक गर्नुहोस्

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment