Saturday, October 25, 2025

लघुकथा (अङ्क २८ मा प्रकाशित)


कठपुतली खेलाइरहेकाहरूले कठपुतलीहरूलाई जुधाइरहेका छन् ।

पहिलोले अर्को कठपुतलीलाई हेरेर आरोप लगायो,

– तँ चोर !

आफूलाई चोर भनेर आरोप लगाएकोमा अर्को कठपुतलीले भन्यो,

– तँ डाँकु !

आफूलाई डाँकु भनेकोमा पहिलोले पुनः जवाफ दियो,

– तँ ज्यानमारा !

अर्को,

– तँ पनि ज्यानमारा त होस् नि !

पहिलो चाहिँ,

– तँ भ्रष्टाचारी !

अर्को,

– तँ महाभ्रष्टाचारी !

पहिलो, ……….. ।

अर्को,  ………. ।

भन्नु जति, गर्नु जति उनीहरूले एकार्कालाई गाली गरिरहे, आरोप लगाइरहे ।

जुधाइरहेकाहरू जुधिरहेको हेर्दै अत्यन्त रमाइरहे ।

हेरिरहेकाहरू साँच्चिकै जुधिरहेका हुन् कि होइनन् भनेर डराइरहे ।

- महापाल, ललितपुर

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment