Monday, December 1, 2025

अनुवाद लघुकथा (अङ्क २९ मा प्रकाशित)


नेताजीको अवस्था अत्यन्तै गम्भीर थियो । उनको मुटुको शल्यक्रिया गर्नुपर्ने भयो । उनीहरूले देशकै सबैभन्दा ठुलो अस्पतालबाट चिकित्सकहरूको सूची मगाए । तर, सूची हेरे लगत्तै नेताजीको पारो चढ्यो र अस्पतालका निर्देशकलाई बोलाउन आदेश दिए ।

“भन्नुस् सर !” निर्देशकले विनम्रतापूर्वक भने ।

“के गर्नुभएको ! डाक्टर तिवारी, यत्रो ठुलो अस्पतालमा शर्मा, मिश्र, गर्ग, गुप्ता जस्ता डाक्टरहरूको अकाल परेको हो र ? तपाईंको सूचीमा… ती नाम देखिँदैन त !’’ नेताजी रिसले तातेका थिए ।

“माफ गर्नुहोस् नेताज्यू ! मैले सोचेँ तपाईं आरक्षित वर्गबाट हुनुहुन्छ, त्यसैले तपाईंको वर्गका डाक्टरहरूले तपाईंलाई अझ राम्रोसँग उपचार गर्छन् ।’’

“के उपचार गर्छन् र तिनीहरूले ! जानुहोस्, दक्ष र कुशल डाक्टर मेरो अपरेसनको लागि छिटो सुरक्षित गर्नुस् ।’’

- नारनौल, हरियाणा, भारत

..............................................................................‍
..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment