बबुरो
-ललिता 'दोषी’
बुद्धनगर, काठमाडौँ
"हेलो, विनोदजी के छ हालखबर ?”
विनोदले जवाफ दिए —“अँ, सञ्चै छ जीवनजी ! म बबुरोलाई कसरी सम्झनुभयो ? धेरैमा फोन गर्नुभयो ।”
जीवनले भने — ‘‘तपाईं रिसाए पनि रिसाउनुहोस् । एउटा कुरा भन्छु नै तपाईं बबुरो होइन । पत्थर नै हुनुहुँदोरहेछ विनोदजी ! हैन त्यसरी फेसबुक वालमा नै राखेको कविता प्रतियोगितामा पनि टपाटप नजिकका मान्छे टिप्ने हो त ? कमसेकम शुद्धता, भाव, शैली आदि हेर्नु पर्दैन ? ‘जसको हात उसैको जगन्नाथ’ गर्नुभयो ? हैन मर्दा कसरी सास जान्छ हँ तपाईंको ? होनहार प्रतिभाको आँसु लाग्दैन ?”
विनोदले कड्किएर भने— “ल मलाई एउटा त्यस्तो क्षेत्र बताउनुहोस् । जहाँ साहित्यकारहरूकोे मात्र कदर हुन्छ ?”
जीवनको मन एकाएक देशकै ठूलो साहित्यिक संस्थामा गएर अडियो । त्यहाँ पनि साहित्यका पुजारीहरूभन्दा राजनीतिका पुजारीहरू धेरै थिए । अन्य कैयौँ साहित्यिक संस्थामा पनि राम्रो हैन, हाम्रै मान्छेको चयन हुन्थ्यो । सबै सम्झिँदा उनको मुटु चिरिएझैँ भयो । आँखा टम्म भरियो । उनी मौन रहे ।
ठूलो हाँसोमा विनोदले उत्तर मागे— “ल, भन्नुहोस् केही जवाफ छ तपाईंसँग ?”
जीवनले रुन्चे स्वरमा भने— “अहँ, छैन । तपाईंहरूजस्ताले नै आफ्नो साम्राज्य जमाउनुहोस् । बबुरो त हामी पो हौँ । हामीजस्ता सिधासादाको यहाँ केही काम नै छैन । कृपया लतिका, सुयोगलगायतका कविता एकपल्ट फेरि पढ्नुहोस् । यतिचाहिँ भन्छु नै ।”
विनोदले अलि झस्केझैँ गरी भने— “हत्तेरिका उनीहरूको पनि कविता थियो र ?”
..साथ सहयोगको खाँचो

No comments:
Post a Comment