सिकारी
- देवी नागरानी
(हिन्दी लघुकथा)
हाम्रो छिमेकी वसन्तजी आफ्ना नातिलाई स्ट्रोलरमा राखेर बाहिर आए । त्यतिबेला म हरियो घाँसमा टहलिँदै थिएँ । आज बच्चालाई कहाँ घुमाउँदै हुनुहुन्छ भनेर सोधें ।
हुन त उनलाई घुमाउनुको पनि एउटा कारण छ । ऊभित्र रहेको चञ्चलताबाट बचाउने यही एक तरिका हो । ऊ सिकारीले झम्टेजस्तै हरेक चीजलाई झम्टिन पुग्दछ ।
तिमीलाई के भनौं, यतिखेर घरमा सबैजना खाना खाँदैछन् । खाना थालैमा ऊ झम्टिन पुगिहाल्छ । खै, यसलाई यो के भएको हो?
यति कुरा नसकिँदै कता–कताबाट एउटा काग उडेर आयो र हातमा राखेर जुन बिस्कुट खाँदै थियो । त्यो कागले झम्टेर लग्यो ।
मैले झम्टेर उडेको कागतिर हेरे । एक्कासी मैले भनें– वसन्तजी, यहाँ वास्तविक सिकारी को रहेछ बुझ्नुभयो । मेरो कुराको अर्थ बुझेर होला । उहाँ मुसुक्क मात्र हाँसे ।
अनुः गगनदीप सर्व
---------------------------------------
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment