कठपुतलीहरूको झगडा
- नरेश अमात्य
(नेपालभाषा लघुकथा)
कठपुतली खेलाइरहेकाहरूले कठपुतलीहरूलाई जुधाइरहेका छन् ।
पहिलोले अर्को कठपुतलीलाई हेरेर आरोप लगायो,
– तँ चोर !
आफूलाई चोर भनेर आरोप लगाएकोमा अर्को कठपुतलीले भन्यो,
– तँ डाँकु !
आफूलाई डाँकु भनेकोमा पहिलोले पुनः जवाफ दियो,
– तँ ज्यानमारा !
अर्को,
– तँ पनि ज्यानमारा त होस् नि !
पहिलो चाहिँ,
– तँ भ्रष्टाचारी !
अर्को,
– तँ महाभ्रष्टाचारी !
पहिलो,
……….
अर्को,
……….
भन्नु जत्ति, गर्नु जत्ति उनीहरूले एकार्कालाई गाली गरिरहे । आरोप लगाइरहे ।
जुधाइरहेकाहरू जुधिरहेको हेर्दै अत्यन्त रमाइरहे ।
हेरिरहेकाहरू साँच्चिकै जुधिरहेका हुन् कि होइनन् भनेर डराइरहे ।
अनुः रासा
---------------------------------------
.....साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:
Post a Comment