Sunday, December 29, 2024

अनुवाद लघुकथा (अङ्क १९ मा प्रकाशित)

कठपुतलीहरूको झगडा

- नरेश अमात्य
(नेपालभाषा लघुकथा) 


ठपुतली खेलाइरहेकाहरूले कठपुतलीहरूलाई जुधाइरहेका छन् ।

पहिलोले अर्को कठपुतलीलाई हेरेर आरोप लगायो, 

– तँ चोर !

आफूलाई चोर भनेर आरोप लगाएकोमा अर्को कठपुतलीले भन्यो,

– तँ डाँकु !

आफूलाई डाँकु भनेकोमा पहिलोले पुनः जवाफ दियो,

– तँ ज्यानमारा !

अर्को,

– तँ पनि ज्यानमारा त होस् नि !

पहिलो चाहिँ,

– तँ भ्रष्टाचारी !

अर्को,

– तँ महाभ्रष्टाचारी !

पहिलो,

……….

अर्को,

……….

भन्नु जत्ति, गर्नु जत्ति उनीहरूले एकार्कालाई गाली गरिरहे । आरोप लगाइरहे ।

जुधाइरहेकाहरू जुधिरहेको हेर्दै अत्यन्त रमाइरहे ।

हेरिरहेकाहरू साँच्चिकै जुधिरहेका हुन् कि होइनन् भनेर डराइरहे ।

अनुः रासा


---------------------------------------

.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment