काँचुली
- रुद्र अधिकारी 'निर्दोषी’
लन्डन, बेलायत
"यो कुकुर कति भुक्दो रहेछ ?" कमलश्रीले बार्दलीबाट बाहिर हेरे ।
उनले देखे- ठूलो भिड उनको आगनमा रहेछ ।
सबैले अभिवादन गर्दै उपचुनावको लागि आफ्नु उमेदवारलाई भोट हाल्न अनुरोध गरे ।
त्यति बेलासम्ममा विमला ढोका खेलेर बाहिर निस्किसकेकी थिइन ।
कमलश्रीले “यस्तालाई भोट हालेर के लछारपाटो लाग्दो हो” भनेर मनमा गुन्दै बार्दलीमा रहेको कुर्सीमा बसे ।
उनको नजर घर अगाडिको रहेको रुखमा चराको गुडमा परेछ । चराले पल्याक पुलुक हेर्दै आफ्ना बच्चालाई चारो ल्याउदै खुवाउँदै गरिरहेको थियो । यता बरन्डाको रेलिङ्गमा कमिलाहरूको ताँती थियो । उनीहरूले सामूहिक रूपमा मरेको किरालाई बोकेर हिँडिरहेका थिए । यो दृश्यले उसका आँखा रसाएछन् ।
“ए सानेका बा ! अघि कुकुरलाई किन गाली गर्नु भएको ? विमला कराउँदा उनी झसँग भए ।”
“होइन यो के भन्छे ? यो लोकतन्त्र आए पछि कुकुरलाई पनि गाली नपाईने रहेछ ?’’ उनले प्रति प्रश्न गरे ।
“अस्ति चोरी हुँदा यही कुकुरको कारणले चोरलाई समातेको बिर्सिनु भयो ? कुकुर हाम्रो रक्षक हो । बिनसित्तिमा किन गाली गर्नु पर्यो ?’’ विमलाको कुराले ऊ गम्भीर देखियो ।
“कुकुर मात्र होइन, सबै जनावरहरू र वनस्पतिहरू हाम्रा मित्र हुन् । हामीले उनीहरूलाई हानी नपुर्याएसम्म उनीहरूले कहिल्यै हामीलाई नोक्सान गर्दैनन् । बरु, पर्यावरण सन्तुलन गर्न र मानव अस्तित्व बचाई राख्न उनीहरूको भूमिका ममत्वपूर्ण हुने गर्छ ।” विमला जटिल कुरोलाई सरल तरिकाले व्यक्त गरेको सुनेर कमलश्रीलाई आफ्नो श्रीमती प्रति गर्व लाग्यो ।
उसले विमला प्रति समर्थन जनाउँदै भन्यो, “वास्तवमा यी पशुपन्छी, चरा चुरुङ्गी र किरा फट्याङ्ग्रा जत्तिको बुद्धि अघि भोट माग्न आउने नेताहरूमा भई दिएको भए देशले उहिल्यै काँचुली फेरि सक्थ्यो ।”
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment