फूल
-भागीरथी श्रेष्ठ
म अफिसबाट फर्किँदै थिएँ । बाटोमा करविर फूलको दुईटा हाङ्गा एउटा घरको पर्खालबाहिर सडकतिर झ्वाम्म गरी झरेको देखें । बाहिर सडकमै एउटा अधवैंशे महिलाले जिउ तन्काइ तन्काइ फूल टिप्दै एउटा ढकियामा निर्धक्क-निसङकोच भर्दै थिइ ।
यसरी अर्काको फूलबारीको फूल सडकतिर झर्यो भन्दैमा त्यसरी टिप्न मिल्छ र ? त्यसरी चोरेर चढाएको फूलसँग भगवान् पनि कसरी खुसी हुन्छन् र ? कस्तो सोमत नभएकी स्वास्नीमान्छे होला ?
आफ्नो घरमा नभएपछि किन चढाउनू नि भगवानलाई ? कि त किनेर ल्याए हुन्छ नि फूल ... ! मनमा यस्तै सोच्दै पाइला छिट्छिटो अघि बढाएँ र त्यो फूल टिपिरहेकी महिलाको छेउतिर पाइला चाल्दै कटाक्ष गर्दै भनें - ‘अर्काको बारीको फूल पनि यसरी टिप्न हुन्छ र ?’
उसले पनि मुस्कुराउँदै र अझ टिप्दै मलाई नहेरिकन नै निर्धक्कसँग भनी - ‘आफैले दुःख गरेर रोपेको फूल मैले नटिपेर कसले टिप्छ र ?’
....साथ सहयोगको खाँचो

No comments:
Post a Comment