Wednesday, February 12, 2025

लघुकथा समाचार



स्रष्टा साँझ अमेरिकाको आयोजनामा ध्रुवराज थापा ’पुरूष’को लघुकथासङ्ग्रह 'सपनाको पहाड’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीको सभापतित्वमा सम्पन्न सो परिचर्चा कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्की, दीपक लोहनी, ममता मृदुल र शुक्रराज कुँवरले कृतिमाथि परिचर्चा गर्नु भएको थियो ।

सपनाको पहाडको परिचर्चाकारहरूले कृतिभित्र समावेश गरिएका ५८ वटा लघुकथाहरूमा सामाजिक, राजनीतिक, शैक्षिक, नैतिक, सांस्कृतिकमाथि देखापरेको विकृति उपर कडा व्यङ्ग गर्नुको साथै नविन प्रविधि लगायत विविध विषयवस्तुहरु समेटिएको बताउनु भयो ।

वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले ध्रुवराज थापा लेख्नेहरुको भिडबाट आफ्नो छुट्टै पहिचान बनाउन सक्ने नयाँ लघुकथाकार हुन् भन्नुभयो । वहाँका लघुकथामा विषय र आयाम प्रति सचेतता देखाइएको छ । विषयको विविधता, आकस्मिक उठान, आकारमा छोटा, विषयको प्रस्तुति र संरचनामा रोचकता र समापनलाई प्रभावकारी बनाउनु वहाँको लघुकथाको विशेषता भएको बताउनु भयो ।

कार्यक्रममा परिचर्चाकार प्राडा गोविन्दमान सिँह कार्कीले ध्रुवराज थापा पुरुष एउटा पुरानो लघुकथाकार भएको र उहाँको लघुकथा उत्कृष्ठ र पठनीय रहेको बताउनुभयो । सपनाको पहाडमा यथार्थबादी, वस्तुबादी, प्रकृतिवादी कघुकथा भएकोले यो कृति उत्कृष्ठ र सफल रहको बताउनु भयो । वहाँले कृतिकारलाई आफ्नो उचाइलाई कायम राख्न शुभकामना दिनुभयो ।

परिचर्चाकार दीपक लोहनीले ध्रुवाराज थापा पुरुषको कौतुहपूर्ण लघुकथा लेख्नसक्ने अद्भूत क्षमता भएका स्रष्टा हुन् भन्नुभयो । कौतुहलतालाई खेलाउँदै खेलाउँदै एकदमै उत्कर्षैमा पुर्याउन सक्ने अर्थात पूर्वदिप्तियुक्त कथा लेख्ने सफल लघुकथारको रुपमा ध्रुवराजलाई लिन सकिने बताउनु भयो । पुरुषले आफ्ना लघुकथामा कुतुहूलतालाई बचाएको, उठानमा आकर्षकता, विषय र आयाममा लेखक सचेत रहेको बताउनु भयो । ध्रुवराज थापाको लघुकथा पढेर लघुकथाका सिद्धान्त बनेको हो भन्ने दाबी गर्नुभयो ।

परिचर्चाकार ममता मृदुलले लघुकथाकार ध्रुवराज थापा पुरुष ५०को दशकका लघुकथाकार भएको प्रमाण त्यतिखेर छापिएका पत्रपत्रिका रहेका बताउनु भयो । उहाँले त्यतिबेला लेखेका लघुकथामा अहिले पछि बनेका सिद्धान्तसङ् मेल खानुले उहाँका लघुकथा लघुकथा सिद्धान्तका आधार भएको प्रमाणित हुन्छ भन्नु भयो । सपनाको पहाड सङ्ग्रहनीय कृति भएकोले सबैले एकपटक पढ्नुपर्ने बताउनु भयो । सर्जकलाई साहित्यमा टिकाई राख्न पुस्तक बिक्रि सहज बनाउनु पर्ने बताउनु भयो ।

परिचर्चाकार शुक्रराज कुँवरले ध्रुवराज थापाका लघुकथाहरूमा बिम्व , प्रतीक र व्यङ्ग्यलाई भरपूर प्रयोग गरेको र विकृति विसङ्गतिको पहाडलाई कृतिकारले उदाङ्गो पार्नु भएको बताउनु भयो । अमला खादाको रसिलो र मीठास पाइने , सन्देशमूलक र चेतनावृद्धि गराउन सक्ने लघुकथाहरू सिर्जना गरिएको बताउनु भयो ।

कृतिका भूमिकाकार खेमराज पोखरेलले अमेरिकाबाट बोल्दै सफल साहित्यकार हुन प्रतिभा, साधना र वातावरण हुनुपर्ने बताउनुभयो । श्रीप्रसाद पोखरेलले नेपालबाट कृतिकारलाई कृति सफलताको शुभकामना दिनु भएको थियो । वहाँले समाज सुधारकालागि साहित्यकाहरूको विचारले हालका दिनमा नेतृत्वलाइ खासै प्रभाव नपारेको बताउनु भयो ।

उक्त भर्चुअल परिचर्चा कार्यक्रमको सहजिकरण अमेरिका निवासी विश्वराज अधिकारीले गर्नुभएको थियो भने कृतिका सर्जक ध्रुवराज थापा ’पुरूष’ले आफूले सन्तुष्टिको लागि लेख्ने गरेको र लेखिसकेपछि त्यसले समाज सुधारमा सघाउ पुर्याउने बताउनु भयो । पुरुषले साहित्यकारले परिस्थितिको वर्णन गर्दै आफ्ना बिचारलाई पनि अघि सार्न सकिने बताउनु भयो ।

परिचर्चा कार्यक्रममा उपस्थित अन्य महानुभावहरूमा क्यानाडाबाट डा. कुशुमाकर शर्मा, अमेरिकाबाट नवराज शर्मा र नेपालबाट श्याम श्रेष्ठ, महेन्द्र न्यौपाने, दिनानाथ पण्डित, रमेश सुवेदी, नीरा श्रेष्ठ, लक्ष्मण ज्ञवाली, अप्सरा भट्टराई, मनोहर पोखरेल उपस्थित हुनुहुन्थ्यो ।

--------------------------------------
.‍..‍.‍.‍साथ सहयोगको खाँचो
लघुकथा संसार र कविता संसार अनलाइन मासिक पत्रिकालाई
जीवित राख्नका लागि तपाईंको 
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

No comments:

Post a Comment