"ए छोरी उठ ! उठ !! ए छोरी ! छोरी !!" मस्त निद्रामा रङ्गीन सपनामा हराइरहेकी छोरी आमाको बोलावटले झस्किइन् र सोधिन्, “के भयो आमा किन बोलाउनु भएको ? के भयो ?’’
“पहिला उठ न अनि थाहा पाइहाल्छ्यौ नि किन रहेछ भनेर !’’ भन्दै आमाले सुतेका जति सबैलाई पालैपालो उठाउनु भयो ।
आँखा मिच्दै सबै आमाको छेउमा आए । छोरीले सोधिन्, “हामीलाई किन उठाउनु भएको ? कस्तो मिठो निद्रा परेको थियो । अब निदाउनै गारो पर्छ, के भयो आमा ?’’
“आज तीजको अघिल्लो दिन, तिमीहरुलाई सक्कली दर खुवाउन उठाएकी नि !’’ आमाले कारण खोल्नु भो !
छोरीले आश्चर्य व्यक्त गरिन्, “आमा हामीले एक महिनादेखि दर भनेर खाँदै आएको चाहिँ के त ?’’
आमाले भन्नुभयो, “त्यो दर होइन छोरी ?’’
“दर नभए के हो त त्यो ?’’ छोरीले जिज्ञासा राखिन् ।
आमा बोल्नुभयो, “त्यो सबै संस्कार र संस्कृतिमा पलाएको ऐंजेरुमात्र हो !’’
पनौती–४, काभ्रे । हालः कपन, काठमाडौँ
जीवित राख्नका लागि तपाईंको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
No comments:
Post a Comment